आजका तस्बिर-जेठ १६
आजका तस्बिर-जेठ १६
मनाइयो सगरमाथा दिवस ।  ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित प्रभातफेरीमा सहभागी भएकी एक महिला। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर-जेठ १६
काठमाडौंमा सगरमाथा दिवस ।  ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित प्रभातफेरीमा सहभागी भएका नेपाली प्रहरी र नेपाली सेनाको टोली। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-जेठ १६
सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको तयारी ।  डडेल्धुराको परशुराम नगरपालिकास्थित रंग मैदानमा सञ्चालन हुने वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ। खेलाडीहरू नै पिच निर्माणमा खटिएका छन्। तस्बिरः सविता बुढा/सेतोपाटी
आजका तस्बिर-जेठ १६
बेनी बजार ।  म्याग्दीको सदरमुकाम बेनी बजार। पछिल्लो समय घर निर्माण गर्ने क्रम बढ्दै जाँदा बेनी बजारको बस्ती घना भएको छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर-जेठ १६
मकै भाँच्ने चटारो ।  सुनसरीको इनरूवा-९ का किसान सियाराम मेहता खेतमा मकै भाँच्दै । यतिबेला किसानलाई मकै भित्र्याउने चटारो छ। तस्बिर : नवीन गड्तौला / रासस
आजका तस्बिर-जेठ १६
उखु गोडमेल ।  शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका किसान ट्रयाक्टरको सहायताले सनवोरा नदीको बगरमा लगाइएको उखु गोडमेल गर्दै । नदी बगरमा खेर गएको करिब चार विघा क्षेत्रफलमा किसानले उखु खेती गर्दै आएका छन । तस्बिर: राज/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्