आजका तस्बिर- जेठ १६
आजका तस्बिर- जेठ १६
राष्ट्रिय ललितकला प्रदर्शनी ।  काठमाडौंमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ सुरू भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १६
ट्राफिक नियम उल्लंघन गरेपछि सडकमै 'ड्युटी'! ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा खटाउन सुरू गरेको छ। चार वटा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंमसेवकका रूपमा सडकमा खटाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १६
सुरू भयो एमालेको राष्ट्रिय महिला भेला ।  नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको महिला भेला काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ। बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्