आजका तस्बिर- जेठ १७
आजका तस्बिर- जेठ १७
अल्लोको कपडा बुन्दै ।  कास्कीको मादी गाउँपालिका–१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोकोे कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्री तयार गरिन्छ। तस्बिरः रामबहादुर थापा/रासस
आजका तस्बिर- जेठ १७
प्रजनन प्रक्रियामा रहेका सर्प ।  दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्पहरू। गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्पहरू देखापर्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ १७
धान रोप्न बीउ राख्दै किसान ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसान मेसिनबाट धान रोप्नका लागि बीउ राख्दै। किसानले आधुनिक तरिकाले खेती गर्न थालेपछि धानको उत्पादन पछिल्ला वर्षहरूमा बढी हुन थालेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- जेठ १७
ढकमक्क फुलेको ड्रागन फ्रुट ।  दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अखबरेमा दिलचन बुढाले गरेको ड्रागन फ्रुट खेती। ड्रागनको फूल रातिमा फुल्ने भएर 'रातकी रानी' पनि भन्ने गरिन्छ। बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रूपमा ड्रागन खेती गर्दै आएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ १७
चट्याङ ।  बिहीबार साँझ कीर्तिपुरबाट देखिएको चट्याङ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्