आजका तस्बिर- जेठ २९
आजका तस्बिर- जेठ २९
वैदेशिक भ्रमणमा राष्ट्रपति पौडेल ।  राष्ट्रपति रामचन्द्र पौडेल स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं सत्रमा भाग लिन जाने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- जेठ २९
श्रमको आश गर्दै मेलामा पुगेका युवाहरू ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा आयोजना गरेको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा सहभागी हुन पुगेका युवापुस्ता। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- जेठ २९
धानै धानको धोक्रो! ।  झापाको कचनकवल गाउँपालिकाका कृषकले उत्पादन गरेको चैते धान बिक्री नभएपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सन्तोष शर्मा/रासस
आजका तस्बिर- जेठ २९
के साह्रो गर्मी! ।  अत्याधिक गर्मीका कारण सर्ट नलगाई गोठाला हिँडेका रोल्पा सुनछहरी गाउँपालिका– ३ का एक स्थानीय। लामो समयको खडेरीले पहाडी जिल्लाहरूमा पनि अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ २९
हराउँदै ‘गोरूगाडा’ ।  झापाको कमल गाउँपालिका–७ रंगपुरस्थित भित्री सडक खण्डमा गोरूगाडाबाट कृषिउपज लैजाँदै एक कृषक। एकताका ढुवानीको भरपर्दो साधन मानिने गोरूगाडा आधुनिक सवारी साधनहरू भित्रिएसँगै परम्परागत यस किसिमको ढुवानी गर्ने चलन हराउँदै गएको छ। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
प्रतिक्रिया दिनुहोस्