आजका तस्बिर- वैशाख १८
आजका तस्बिर- वैशाख १८
मजदुर दिवसमा मजदुरी ।  बिहीबार १३६ औं मजदुर दिवस मनाइएको छ। मजदुर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। मजदुरी गरेरा जीवन निर्वाह गर्नेहरूलाई भने दिवसले छोएको छैन। धुनीवेसीस्थित इँटाभट्टामा कार्यरत मजदुरहरू। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
आजका तस्बिर- वैशाख १८
मार्फा गाउँ ।  मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ । छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।तस्बिर : सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- वैशाख १८
जंगल सफारी ।  चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरी मनोरञ्जन लिँदै पर्यटक । तस्बिरः नारायण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १८
निफुक नाम्डुलिङ गुम्बा ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा अवस्थित निफुक नाम्डुलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको पुरानो यस गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ । कलात्मक रूपमा भीरमा अवस्थित यस गुम्बामा पर्यटकहरु दैनिकजसो जाने गर्दछन । तस्बिर : सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- वैशाख १८
चिमलखोला गाउँ ।  परम्परागत ढुङ्गाले छाएको घरहरु रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ कोे चिमखोला गाउँ। थाली नाचको उद्गम थलो मानिने मगर समुदायको बाहुल्य बसोबास रहेको यो गाउँ साँस्कृतिक गाउँको रुपमा परिचित छ । तस्बिर : कमल खत्री/रासस
आजका तस्बिर- वैशाख १८
लिगलिगकोट ।  गोरखा जिल्लाको ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट। समुद्री सतहबाट करिब एक हजार ४३७ फिट उचाइमा अवस्थित यो स्थानमा दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा बन्ने परम्पराका लागि प्रख्यात छ । मस्र्याङदी नदी र चेपे नदीको संगमस्थल चेपेघाटदेखि यस स्थानसम्म दौडेर प्रथम हुने घले राजा हुने नेपालको एकीकरणभन्दा पहिलेको परम्परा रहेको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १८
पैदलमार्ग ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा निर्माण गरिएको पैदल मार्ग । आन्तरिक पर्यटकलाई आकर्षित गर्न धौवादीदेखि रुद्रपुरगढीसम्म पैदल मार्ग निर्माण गरिएको हो ।तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- वैशाख १८
मादी नदी र आसपास ।  तनहुँको व्यास नगरपालिका क्षेत्रको मादी नदी, दमौली बजार र वरपर ड्रोनबाट देखिएको दृश्य । तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- वैशाख १८
सिमलगाछी ।  सिन्धुलीको सुनकोशी गाउँपालिका–२ सिमलगाछीस्थित रमणीय बस्ती। तस्बिर: राधिका बुढाथोकी/ रासस
प्रतिक्रिया दिनुहोस्