बौद्ध स्तूप । बुद्ध जयन्तीको दिन आज हवाईजहाजबाट लिएको विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तूपको दृश्य। तस्बिरः प्रदीपराज वन्त/रासस
गर्मी छल्न सुनकोशीमा मनोरञ्जन लिँदै पर्यटक । अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशीमा र्याफ्टिङपछि पौडी खेलेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । गर्मी मौसमका कारण र्याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा करिब दुई हजार पर्यटक भित्रिने गरेका छन्। तस्बिरः रुपक पुरी/रासस
बुद्ध जयन्ती । कीर्तिपुरको चिलंच्व स्तूप परिसरमा बुद्ध जयन्तीको अवसरमा बुद्धको मूर्तिमा जल चढाउँदै एक बालक। तस्बिर: नारायण महर्जन/सेतोपाटी
सगरमाथा आधार शिविर । विश्वको सर्वोच्च सगरमाथा आधार शिविर। समुद्री सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित यस शिविरमा सगरमाथा आरोही तथा सहयोगीहरूको टेन्टले भरिभराउ छ। तस्बिरः सुवास दर्नाल/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भगवान बुद्धको अष्टधातु दर्शन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान बुद्धको अष्टधातु दर्शन गरेका छन्। उनले स्वयम्भूस्थित आनन्दकुटी विहारमा भगवान बुद्धको अस्तु धातुको दर्शन गरेका हुन्। तस्बिर: न्युज एजेन्सी नेपाल