आजका तस्बिर- वैशाख ३०
आजका तस्बिर- वैशाख ३०
कालिकोटको राम्नाकोट गाउँ ।  कालिकोटको पचालझरना गाउँपालिका-४ स्थित राम्नाकोट गाउँ र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य / रासस
आजका तस्बिर- वैशाख ३०
स्याङ्बोचे विमानस्थल ।  सोलुखुम्बुको नाम्चे बजारमा अवस्थित स्याङ्बोचे विमानस्थल। नेपालको सबभन्दा अग्लो स्थानमा रहेको यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण नभए पनि हवाई मैदान हेलिकप्टरमार्फत् मालसामान ओसारप्रसारका लागि प्रयोग भइरहेको छ। तस्बिरः विष्णु कल्पित/रासस
आजका तस्बिर- वैशाख ३०
कञ्चनजङ्घा आधारशिविर ।  ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरू कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै। पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जल स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- वैशाख ३०
जोमसोम मुक्तिनाथ मार्गमा पर्ने पर्वत शृङ्खला ।  मुस्ताङको जोमसोम मुक्तिनाथ मार्गमा पर्ने पर्वत शृङ्खला। तस्बिरः धर्मेन्द्र झा/रासस
आजका तस्बिर- वैशाख ३०
चण्डेश्वरीको जात्रा मनाइँदै ।  बनेपा (काभ्रे)को प्रसिद्ध जात्रा चण्डेश्वरीको मङ्गलबार जात्रा गरिँदै । स्वांया पुन्ही (बुद्ध पूर्णीमा)को दिनदेखि तीन दिनसम्म चण्डेश्वरी मन्दिरदेखि बनेपा तीनधारा लगायतका क्षेत्रमा जात्रा गर्ने गरिन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्