लमजुङको भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको मुख्य बजार मादी, मिदिम र पिस्ती नदीको बीचमा रहेको भोर्लेटार बजार। भोर्लेटार बजार पछिल्लो समय सहरीकरणतर्फ लम्कँदै गरेको छ। तस्बिर: देवेन्द्र गुरूङ/रासस
वराहकाे प्रतिमा । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्राचीन तथा प्रसिद्ध वराहक्षेत्र मन्दिर परिसरमा हरेको वराह भगवानको प्रतिमा। तस्बिर: नवीन गड्तौला/रासस
कोकले चरा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्ती जोनापुरमा विद्युतका तारमा बसेको कोकले चराको जोडी। यो चरा वन र वनकुञ्ज क्षेत्रमा विचरण गर्दछ। स्थानीय थारु भाषमा यस चरालाई कोकलेरुवा भन्ने गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/ रासस
सेती नदी र दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीको पुल र पृथ्वी राजमार्गमा पर्ने व्यापारिक केन्द्र दुलेगौँडा बजार आसपासका क्षेत्र। तस्बिर: सागर गिरी/रासस