चङ्गेरी र बैना । सावित्री अर्थात् वर्साइत पर्व नजिकिँदै गर्दा सुनसरीको कोसी गाउँपालिकाको लौकही बजारमा बिक्री गर्न राखिएको चङ्गेर र बैना। चङ्गेर र बैना प्रतिगोटा २५० रुपैयाँमा बिक्री हुने व्यापारी बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
गाउँ जोड्ने सडक । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्रबाट नगरपालिका–४ रङ्ग गाउँ जोड्ने सडक। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले डोल्पाको सबैभन्दा राम्रो र उत्कृष्ट अर्गानिक स्याउ, ओखर, सिमी र खुर्सानी र मास उत्पादन हुने गाउँलाई सडक सञ्जालसँग जोड्न निर्माण भएको सडक। तस्बिरः हेमन्त केसी/रासस
झुलुङ्गे पुल तर्दै गरेका च्याङ्ग्रा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी नदीको झलुङ्गे पुल तर्दै गरेका च्याङ्ग्रा । स्थानीय कृषकले पालेका च्याङ्ग्रा दिनभर चरनक्षेत्रमा चराएर साँझपख यसरी नै घरमा ल्याउने गर्दछन्। तस्बिर: सुशीलबाबु थकाली/रासस
नुप्से हिमाल । सोलुखुम्बुको खुम्बु क्षेत्रको महाङ्गलु हिमशृङ्खलामा पर्ने नुप्से हिमाल। यस हिमालको उचाइ सात हजार ८६१ मिटर अर्थात् नौ लाख २५ हजार ७९१ फिट छ । तस्बिरः सुवास दर्नाल/रासस
जोखिमपूर्ण यात्रा । झापाको बिर्तामोडबाट खुदुनाबारी हुँदै इलाम जाने सडकमा पर्ने बिरिङ खोलामा भत्किएको पुलमा सवारीसाधन मार्फत जोखिमपूर्ण यात्रा गर्दै स्थानीय। तस्बिर: राजकुमार ओली/रासस