च्याङग्राको भुवा निकाल्न सिकाइँदै । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाईको खर्कमा कृषकहरुलाई च्याङग्राको भुवा निकाल्न सिकाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालसहितको प्राविधिक टोली। तस्बिरः सन्तोष गौतम/ रासस
धानको बिउ काढ्दै किसान । भोजपुर नगरपालिका-५ बोखिममा रोपाइँका लागि धानको बिउ काढ्दै किसान। वर्षात सुरु भएसँगै किसानहरु खेतीमा व्यस्त हुन थालेका छन्। तस्बिर: युवराज विष्ट/ रासस
प्रधानमन्त्री ओली-निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्दै। तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय
वन लसुन खोजीमा स्थानीय बासिन्दा । जाजरकोटको बारेकोट गाउँपालिका–४ कालदाराय डाँडामा वन लसुन खोजीमा स्थानीय बासिन्दा। यहाँका अधिकांश पाटन क्षेत्रमा जडीबुटी पाइने गर्दछ। तस्बिरः हेमन्त केसी/ रासस