मुस्ताङको तिरीगाउँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -४ मा अवस्थित तिरीगाउँ र आसपासको क्षेत्र। आवतजावतका लागि सडक सञ्जाल नपुगेको, पुल निर्माण नभएको यस गाउँमा स्थानीयको प्रमुख आम्दानीको स्रोत भनेको स्याउ खेती हो। तस्बिरः सुशीलबाबू थकाली/ रासस
भोजपुरको साम्पाङ बजार । भोजपुरको षडानन्द नगरपालिका–१० मा रहेको साम्पाङ बजार। तस्बिरः युवराज विष्ट/ रासस
ढुंगा खरीको छानो भएको परापूर्वक घर । अछामको रामारोशन गाउपालिका–२ स्थित चाफामाडौं गाउँको चिटिक्क ढुंगा खरको छानो भएको परापूर्वक घरहरू। तस्बिरः सुशील भण्डारी/ रासस
भूमे नाच । घोराही उपमहानगरपालिका–१३ स्थित बडहरामा आइतबार भूमे पर्वको अवसरमा थबाङी सेवा समाज समिति दाङद्वारा आयोजित भूमे नाचमा सहभागी मगर समुदाय। हरेक वर्ष असार १ गते भूमीको पूजा गरेर पाँच दिनसम्म नाचगान गरी मनाइने भूमे पर्व मगर समुदायको प्रमुख सांस्कृतिक पर्व हो। तस्बिर: कुलदीप न्यौपाने/ रासस भोजपुरको साम्पाङ बजार