रोपाइँका लागि तयार खेत । तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँका लागि तयार गरिएको खेत। जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरू भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
सिरहाको राजाजीडाँडा । सिरहाको लहान नगरपालिका–१६स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र राजाजीडाँडा । पौराणिक कालमा यस डाँडामा राजाको दरबार रहेको र यहीँबाट राजकाज सञ्चालन हुने गर्थ्यो भन्ने किम्बदन्ती रहेको छ। यस डाँडाबाट सिराहा, सप्तरी र उदयपुरका विभिन्न भूभाग देख्न सकिन्छ। तस्बिर:सुदिप राउत/रासस
आरनबाट जीविकोपार्जन । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा आरनमा घरेलु औजार बनाउँदै शेरबहादुर विक। उनको परिवारले परम्परागत रूपमा सञ्चालन गर्दै आएको आरन पेसाबाट जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः कमल खत्री/रासस
खलङ्गा बजार र धानखेतीको हरियाली । जुम्ला सदरमुकाम खलङ्गा बजार र आसपासको क्षेत्रमा देखिएको धानखेतीको हरियाली। तस्बिर: विजय रावत/रासस
अरिङ्गालपालन । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कमा गरिएको अरिङ्गालपालन । जामुनाखर्कका अशोक र गिता शाहीले जङ्गलको रुखमा हुने अरिङ्गाललाई गोलासहित स्थानान्तरण गरेर घर र पाखोबारीमा ल्याएर पाल्ने व्यवसाय गरेका हुन्। तस्बिर: सन्तोष गौतम/रासस