आजका तस्बिर- असार १४
आजका तस्बिर- असार १४
भिरमा निर्माण भएको पक्की नहर ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिमको गलघण्टी भिरमा निर्माण भएको पक्की नहर। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा बेल्फी लुरवाङ सिँचाइ योजनामार्फत नहर निर्माण भएपछि एकसय ५० घरधुरी किसानको तीन सय रोपनी भन्दा बढी क्षेत्रफल जमिनमा सिँचाइ सुुविधा पुुगेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- असार १४
प्रधानमन्त्री ओली ।  प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्दै। तस्बिर : किरणराज विष्ट/रासस
आजका तस्बिर- असार १४
नक्षेत्र वाटिका निर्माण ।  कैलालीको गौरीगंगा नगरपालिका–१,चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा निर्माण गरिएको नक्षत्र वाटिका । मन्दिर उपभोक्ता समितिमार्फत् सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई अन्तर्गत २७ लाख रुपैयाँ लागतमा उक्त नक्षेत्र वाटिका निर्माण गरिएको हो । तस्बिरः इन्द्राकुमारी केसी/रासस
आजका तस्बिर- असार १४
सिक्टा सिँचाइ आयोजना ।  बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य। यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो। तस्बिर: गोपाल दाहाल/रासस
आजका तस्बिर- असार १४
माछा मार्न जाल फ्याँक्दै ।  तनहुँको व्यास नगरपालिका १ र २ को सिमनामा पर्ने बुल्दीखोलामा माछा मार्न जाल फ्याँक्दै एक व्यक्ति । तस्बिरः सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया दिनुहोस्