रोपाइँ गर्दै । तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँ गर्दै रोपाहार। जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरू भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तस्बिरः कृष्ण न्यौपाने/ रासस
बादलको घुम्तोमा माछापुच्छ्रे हिमाल । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाबाट आइतबार बिहान बादल घुम्तोभित्र देखिएको माछापुच्छ्रे हिमालको दृश्य। तस्बिरः राम थापा/ रासस
निर्माणाधीन बेलिब्रिज । मुस्ताङको घरपझोङ गाउँपालिका- १ र २ अन्तर्गतका गाउँहरू मार्फा, सामग्री र छैरो जोड्ने निर्माणाधीन बेलीब्रिज। वर्षौदेखि एउटा पक्की पुलको आशामा रहेका खोला पारिका गाउँलेहरु बेलीब्रिज बन्ने भएपछि खुसी भएका छन्। तस्बिरः सुशीलबाबू थकाली/ रासस
रोपाइँका लागि बेर्ना निकाल्दै । शुक्लाफाँटा नगरपालिका–१ खजुवाका किसान धान रोप्नका लागि बेर्ना निकाल्दै। वर्षा हुन थालेपछि किसान धान रोप्नमा व्यस्त भएका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रधानमन्त्री ओली मेड्रिटमा । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्पेनको मेड्रिटमा ड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नुहुँदै। तस्बिरः प्रधानमन्त्रीको सचिवालय