बागलुङको चनौटे गाउँ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१स्थित चनौटे गाउँ । गाउँ आसपास मकैखेतीको हरियालीले गाउँको सुन्दरता थपेको छ। तस्बिर: खेमराज गौतम/रासस
रोपाइँ गर्दै किसान । भोजपुरको पौवादङमा गाउँपालिका-१ तिलाहरमा बेठी लगाएर रोपाइँ गर्दै किसान। तस्बिर: युवराज विष्ट/रासस
घोडामा सामग्री ढुवानी । डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालको किनारै किनारै हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा। यहाँ ढुवानीको प्रमुख माध्यमका रूपमा घोडालाई लिइन्छ। तस्बिरः हेमन्त केसी/रासस
हिलो सम्याउँदै किसान । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित क्वाडीका किसानहरू परम्परागत तरिकाबाट धान रोपाइँको तयारीका क्रममा खेतमा हिलो सम्याउँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस