आजका तस्बिर- असार १७
आजका तस्बिर- असार १७
झोलुङ्गे पुल ।  बागलुङ नगरपालिका-१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका जोड्ने झोलुङ्गे पुल। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- असार १७
ढुवानीको प्रमुख साधन खच्चड ।  डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङतर्फ जाँदै गरेका खच्चडहरू। यहाँका ढुवानीका महत्वपूर्ण साधनका रूपमा यिनैलाई लिइन्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असार १७
वीरगन्जको घण्टाघरको मर्मतसम्भार ।  मर्मतसम्भार भइरहेको वीरगन्जस्थित घण्टाघर। घण्टाघरको ‘बाल्कोनी’ केही भाग भत्किएपछि चार महिना अघिबाट मर्मतसम्भार सुरू गरिएकोमा अझै सम्पन्न भएको छैन। तस्बिरः हिमाल लम्साल/रासस
आजका तस्बिर- असार १७
ड्रागन फ्रुट खेती ।  घोराही उपमहानगरपालिका–१८ स्थित अकबरेमा किसान दिलचन बुढासहित ६ जना मिलेर व्यावसायिक रूपमा गरेको ड्रागनफ्रुट खेती। विगत सात वर्षदेखि गर्दै आएको यस खेतीबाट राम्रो आम्दानी गर्दै आएको सञ्चालकको भनाइ छ। तस्बिरः सुशीला ओली/रासस
आजका तस्बिर- असार १७
नागबेली सडक ।  भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला, बेहेरे दोभान झर्ने नागबेली आकारमा देखिएको सडक। यो सडक भोजपुर नगरपालिका-१२ मा पर्दछ। तस्बिर: युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्