तरकारी खेतीका लागि टनेल । व्यावसायिक रूपमा तरकारी खेती गर्न काठमाडौंको टोखामा किसानले निर्माण गरेको टनेल। तस्बिरः हरिराम भेटुवाल/रासस
खिवाङ–घराम्दी सडक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि वडा नम्बर ७ मा पर्ने घराम्दी गाउँ जोड्ने हालै निर्माण भएको कच्ची सडकको ट्याक । गाउँपालिकाले ठेक्कामार्फत यसपालि खिवाङदेखि घराम्दीतर्फ दुई किलोमिटर सडकको मार्ग खोलेको छ। तस्बिर:सन्तोष गौतम/रासस
धान रोपाइँ । अछामको ढकारी गाउँपालिका - ८ घोडासैनस्थित बसालीमा स्थानीय महिलाहरू खेतमा धान रोपाइँ गर्दै। तस्बिर:सुशील भण्डारी/रासस
।
धान रोप्ने तयारी । दाङको तुलसीपुर उपमहानगरपालिका-२स्थित सुनडबरीका किसान धान रोप्नका लागि खेत सम्याउँदै। तस्बिरः दीपक बोहरा/रासस