आजका तस्बिर- असार २०
आजका तस्बिर- असार २०
प्रधानमन्त्री ओली स्वदेश फिर्ता ।  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- असार २०
प्रदर्शन ।  नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजिको माग राख्दै माइतीघरबाट बानेश्वरसम्म गरेको प्रदर्शन। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- असार २०
फेवाताल ।  कास्कीको पोखरास्थित फेवाताल र पृष्ठभूमिमा पोखरा सहर। पोखरा आउने पर्यटकका लागि फेवाताल आकर्षणको केन्द्र बनेको छ। तस्बिरः रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- असार २०
लटरम्म फलेको गोलभेँडा ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कृषक गमप्रसाद फगामीले प्लास्टिकको टनेलभित्र व्यावसायिक रुपमा गर्नुभएको गोलभेँडा खेतीमा लटरम्म फलेको गोलभेँडा। घराम्दीका कृषकले रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट तरकारी खेती गरेका छन्। तस्बिरः सन्तोष गौतम/ रासस
आजका तस्बिर- असार २०
हरियाली धान खेत ।  मध्यनेपाल नगरपालिका-१० नेटा थान्सिँङ बेसिको सेरा फाँटमा रहेको हरियाली धान खेत। तस्बिरः देवेन्द्र गुरूङ/ रासस
प्रतिक्रिया दिनुहोस्