बूढानीलकण्ठ मन्दिरमा भक्तजन । हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन आज काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूजा आराधना एवं दर्शन गर्दै श्रद्धालु भक्तजन। तस्बिर:हरिराम भेटुवाल/रासस
आँधीमूलमा कृत्रिम ताल । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको कृत्रिम ताल। यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
भकुण्डेको बराह ताल । पर्यटकीय गाउँका रूपमा परिचित बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराह ताल। तस्बिरः खेमराज गौतम/रासस
स्याङ गाउँको फालो क्षेत्र । मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ गाउँमा रहेको फालो र आसपासका सुन्दर क्षेत्र। विशेष गरी स्थानीयवासीले वर्षको दुई पटक यहाँ कुलदेवताको पूजा आराधना गर्ने गर्छन्। गाउँमा कोही व्यक्ति बिमारी पर्यो भने यहाँ आएर धुपीको रुखमा झण्डा चढाएमा बिरामी निको हुने जनविश्वास रही आएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
महभिर झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको महभिर झरना। बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको महभिर झरनाले मुस्ताङ जाने आउने पर्यटक आकर्षित गरेको छ । तस्बिर: सन्तोष गौतम/रासस