विषादी छर्कँदै किसान । सुनसरीको इनरुवा नगरपालिका-९ मा गरिएको धानखेतीमा झार मार्ने विषादी छर्कँदै किसान। धान रोपेको २२ दिनपछि खेतमा झार मार्ने औषधि छरेपछि धानमा झार गोड्नु नपर्ने किसान बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
भालेश्वर महादेव मन्दिर । चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर। यस ठाउँमा सतिदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ। तस्बिर: गोपाल दाहाल/रासस
गाउँघरको सुन्दरता । अछामको ढकारी गाउँपालिका- १ नन्दपुरगाउँस्थित ढुंगाबाट निर्माण गरिएको गेट र आसपासको क्षेत्र। तस्बिर: सुशील भण्डारी/ रासस
धानखेत र माछापुच्छ्रे हिमाल । पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडा बेलबुटे क्षेत्रबाट देखिएको रोपाइँ गरिएको धानखेत र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिर: वासुदेव पौडेल/रासस
स्वदेश फर्किए महिला फुटबल टोली । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेलेर सोमबार बिहान स्वदेश आइपुगेको छ। उज्वेकिस्तानमा भएको समूह ‘एफ’ को छनोटको खेलमा नेपाल निर्णायक खेलमा पराजित भएको थियो। तस्बिर: नेपाल फोटो लाइब्रेरी