कालोपत्र गरिएको सडक र निलगिरि हिमाल । बेनी-जोमसोम-कोरोला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका-३ को सडकखण्डमा हालै गरिएको कालोपत्र र पृष्ठभूमिमा निलगिरि हिमाल। तस्बिर: सुशीलबाबू थकाली/रासस
झण्डाको आकृति । काठमाडौँको दक्षिणकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति र आसपासका क्षेत्र। तस्बिर: हरिराम भेटुवाल/ रासस
रोल्पाको थबाङ गाउँ । रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक गाउँ थबाङ। तस्बिर: कुलदीप न्यौपाने/रासस
राताम्मे पहाड । मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड। मुस्ताङ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका लागि यो स्थान आकर्षणको केन्द्र बनेको छ। तस्बिर:सुन्दरकुमार थकाली/रासस
बोकेर अस्पताल लैजाँदै । अछामको मङ्गलसेन नगरपालिका-८ ग्यानेगुडीका ८० वर्षिया कोकिला टमट्टा बिरामी परेपछि वर्षाले हिलाम्मे बाटोमा बोकेर उपचारका लागि अस्पताल लैजाँदै उनकी छोरी रसिला टमट्टा। तस्बिर: सुशील भण्डारी/रासस