आजका तस्बिर- असार २९
आजका तस्बिर- असार २९
जन्मजयन्ती ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाइयो ११२ औं आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती।
आजका तस्बिर- असार २९
महत गाउँ ।  रूकुमपूर्वको भुमे गाउँपालिका–६ मा अवस्थित महत गाउँ तथा आसपासका भू -भाग। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- असार २९
कोरला सडक ।  राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ स्याङवचेस्थित कोरला सडक। तस्बिरः सुन्दरकुमार थकाली/ रासस
आजका तस्बिर- असार २९
चोभार सुख्खा बन्दरगाह ।  काठमाडौंको दक्षिणी क्षेत्र चोभारमा रहेको चोभार सुख्खा बन्दरगाह। अहिले यहाँ सयौं सवारी साधन रहेका छन्। नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको यस सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउने क्रम बढिरहेको छ। तस्बिरः गोपाल दाहाल/ रासस
आजका तस्बिर- असार २९
गणेशमान ताल ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र सिरहाको सीमामा पर्ने कमला नदी किनारमा अर्थात गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहामा निर्माणाधीन अवस्थामा रहेको गणेशमान ताल। तस्बिरः अमरेन्द्रकुमार यादव/ रासस
प्रतिक्रिया दिनुहोस्