आजका तस्बिर- असार ३०
आजका तस्बिर- असार ३०
भैरवकुण्ड ।  रसुवाको उत्तरीपूर्वी भागमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध तीर्थस्थल र पर्यटकीय भैरवकुण्ड। तस्बिरः कमलकुमार बस्नेत/रासस
आजका तस्बिर- असार ३०
बाह्रसिङ्गाको बथान ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिङ्गाको बथान। बाह्रसिङ्गाका लागि प्रख्यात रहेको यस निकुञ्जमा दुई हजार बढी बाह्रसिङ्गा रहेका छन्। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- असार ३०
स्वयम्भू महाचैत्य ।  काठमाडौंको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचीकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ र आसपासको क्षेत्र। तस्बिर: गोपाल दाहाल/रासस
आजका तस्बिर- असार ३०
सहिद रामवृक्ष यादव स्मारक ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ मा रहेको सहिद रामवृक्ष यादव 'मास्टर साहेब'को सम्झनामा निर्माण गरिएको स्मारक। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- असार ३०
रातो मच्छिन्द्रनाथको मन्दिर ।  ललितपुर महानगरपालिका- २२ स्थित बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर। तस्बिर: हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्