गुल्मीको उल्लीखोला बजार । गुल्मीको सत्यवती गाउँपालिका-६ स्थित बडिघाट नदी र नदी किनारामा अवस्थित उल्लीखोला बजार। तस्बिर: जनार्दन घिमिरे/रासस
निर्माणाधीन रावण पार्क । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा निर्माणको अन्तिम चरणमा पुगेको रावण पार्क र पार्कमा रहेको रावणकाे प्रतिमा। धार्मिक पर्यटन प्रवर्द्धनका लागि बेनी नगरपालिकाले हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको जन्मथलो मानिने पछैमा रावणको २१ फिट अग्लो मूर्तीसहितको पार्क बनाइरहेकाे छ। तस्बिर: सन्तोष गौतम/रासस
अकला मन्दिर । तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित प्रसिद्ध अकला मन्दिर। पृथ्वीराजमार्गसँगै जोडिएको मन्दिरमा पूजाआजाका लागि विभिन्न ठाउँबाट भक्तजन आउँछन् । तस्बिर : कृष्ण न्यौपाने/ रासस
अछामको तुल्तागाउँ । कर्णाली नदीको किनारामा रहेको अछाम जिल्लाको तुर्माखाद गाउपालिका-६ स्थित तुल्तागाउँ र मकैबारीको हरियाली । तस्बिर : सुशील भण्डारी / रासस
बागमती ड्याम । सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ । अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत पर्ने दुवै जिल्लाका किसान धान रोपाइँमा केही सहज भएको छ । तस्बिरः विश्वनाथ ठाकुर/रासस