आजका तस्बिर- असार ३२
आजका तस्बिर- असार ३२
भोर्लेटार बजार ।  लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ स्थित भोर्लेटार बजार। तस्बिरः देवेन्द्र गुरूङ/रासस
आजका तस्बिर- असार ३२
ऐतिहासिक चराङ दरबार ।  मुस्ताङी प्रथम राजा आमेपालको पालामा निर्माण गरिएको ऐतिहासिक चराङ दरबार। ढुङ्गा र माटोले निर्मित यो दरबार १३ औैँ शताब्दीमा निर्माण गरिएको हो। तस्बिर: सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- असार ३२
रूखमा बनाइएको विश्रामस्थल ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटक आकर्षित गर्न रूखमा बनाइएको विश्रामस्थल। आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असार ३२
महाकाली पुल ।  कञ्चनपुरको महाकाली नदी माथि बनेको चार लेनको पक्की पुल। भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोड्न ३२ वटा पिल्लरमा ठड्याइएको पुल घुम्नका लागि आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- असार ३२
झोलुङ्गे पुल ।  तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा र वडा नम्बर ५ चिन्तुटार जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गे पुल। पुलले यहाँका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुगेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्