आजका तस्बिर- साउन १
आजका तस्बिर- साउन १
झाँक्रीको प्रतिमा ।  परम्परागत उपाचारक तथा संस्कार–संस्कृतिका धरोहरको सम्मानस्वरूप रूकुमपूर्वको भुमे गाउँपालिका–१ स्थित लुगुममा स्थापना गरिएको मगर समुदायको सांस्कृतिक गौरव र इतिहास बोकेको झाँक्रीको प्रतिमा। नेपाली सेना र स्थानीय लुगुमवासीहरूको स्रोत र र साधन प्रयोगगरी प्रतिमा निर्माण गरिएको हो। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन १
मर्स्याङ्दी नदी र पाउँदी बजार ।  लमजुङ जिल्लाको प्रवेशद्वार सुन्दरबजार नगरपालिका- ७ स्थित पाउँदी बजार, मर्स्याङ्दी नदी र आसपासको क्षेत्र। तस्बिर : बिराट न्यौपाने/रासस
आजका तस्बिर- साउन १
नागको प्रतिमा ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ शिव भाइरलडाँडामा निर्माण गरिएको बासुकी नागको प्रतिमा। २६ मिटर लामो यस नागको प्रतिमाको निर्माणसँगै यो क्षेत्रमा आउने भक्तजन र पर्यटकको संख्या बढेको छ। तस्बिर: माधव बेल्वासे/रासस
आजका तस्बिर- साउन १
पम्पसेटको मद्दतले सिँचाइ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ सखडामा धान रोप्न पम्पसेटको मद्दतले खेतमा सिँचाइ गरिँदै। सिँचाइको अभाव र वर्षात् कम हुँदा यहाँका किसानले पम्पसेटको भरमा धान रोपाइँ गर्नुपरेको छ। तस्बिर: अरूणकुमार यादव/रासस
आजका तस्बिर- साउन १
पशुपतिनाथमा साउन महिनाको पहिलो दिन ।  साउन महिनाको पहिलो दिन साउन सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ। साउनको सुरूआतसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्