आजका तस्बिर- साउन २
आजका तस्बिर- साउन २
पातीहाल्नेमा पर्यटक ।  बागलुङ, पूर्वी रूकुम र रोल्पा जिल्लाको सिमाना पातीहाल्नेमा देखिएको पर्यटक र यात्रुको चहलपहल। समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको पातीहाल्नेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन २
राजीताल ।  कैलालीको गोदावरी नगरपालिका–४ चुरे क्षेत्रमा पर्ने बन्दगडामा रहेको ऐतिहासिक महत्व बोकेको राजीताल। तस्बिर:मीन ठकुरी/रासस
आजका तस्बिर- साउन २
बोटिङ गर्दै आन्तरिक पर्यटक ।  कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रभित्र रहेको लौटैया तालमा सञ्चालन गरिएको बोटमा रमाउँदै आन्तरिक पर्यटक। बोट सञ्चालनपछि यहाँ वनभोज खाने र घुम्न आउनेको संख्या बढेको छ। तस्बिर: इन्द्राकुमारी केसी/रासस
आजका तस्बिर- साउन २
धानखेती ।  सुनसरीको इनरूवा नगरपालिका-६ स्थित खेतमा किसानले गरेको धानखेती। सिँचाइ सुविधा भएको खेतमा धान रोपाइँ सकिए पनि पर्याप्त वर्षा नभएका कारण सिँचाइ सुविधा नभएको ठाउँमा अझै खेत बाँझै छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- साउन २
घरेलु हातहतियारको व्यापार ।  महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वर नगरपालिका-१ स्थित हटियामा दैनिक प्रयाेगमा आउने घरेलु हातहतियार निर्माण तथा बिक्री गरिँदै। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्