आजका तस्बिर- साउन ३
आजका तस्बिर- साउन ३
पौडी खेल्दै बालबालिका ।  डुम्रे–बेँसीसहर सडक छेउमै रहेको बेँसीसहर नगरपालिका–१ स्थित दलाल झरनामा रहेको पोखरीमा गर्मी छल्न पौडी खेल्दै बालबालिका। तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- साउन ३
ऐना पहरामा आन्तरिक पर्यटक ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा शनिबार आन्तरिक पर्यटकको भीड। ऐनापहरा पछिल्लो समय पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन ३
लोकोबाङ्गे बाजा बजाइँदै ।  दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहरा रातमाटामा रोल्पाली उवा घुसबाङ खाम समाज दाङले आयोजना गरेको राँके तिवार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा शनिबार मौलिक लोकोबाङ्गे बाजा बजाउँदै समाजका स्थानीय । राँके तिवार पर्व परापूर्वकालदेखि हरेक वर्ष साउन १ गतेदेखि ५ गतेसम्म नाचगान गरेर मनाउने चलन छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन ३
टौदह ।  काठमाडौंको उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कीर्तिपुर-१५ स्थित टौदह। तस्बिर: गोपाल दाहाल/रासस
आजका तस्बिर- साउन ३
फूलमा रमाउँदै आन्तरिक पर्यटक ।  नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित सुन्दर ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फूलमा रमाउँदै आन्तरिक पर्यटक। ढोरपाटन उपत्यका अहिले रङ्गीविरङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ। तस्बिरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्