ओली-भण्डारीबीच भेट । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी कार्यालयमा भएको भेट। तस्बिर: प्रधानमन्त्रीको सचिवालय
क्षतिग्रस्त कार । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा क्षतिग्रस्त बनेको कार । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको गुडिरहेको कारमाथि आज दिउँसो ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । तस्बिरः कृष्ण आचार्य/रासस
सिमकोट बजार । हुम्लाको सदरमुकाम सिमकोट बजार। तस्बिरः दाने बोहरा/रासस
हामखोला झरनामा रमाउँदै पर्यटक । अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिका–७ स्थित हामखोलाको झरनामा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर जनक श्रेष्ठ/रासस
रोल्पा मिरुलको टुटू बजार । रोल्पाको थवाङ गाउँपालिका–३ स्थित मिरुलको टुटू बजार र आसपासका भू-भाग । तस्बिरः कुलदीप न्यौपाने/रासस