आजका तस्बिर- साउन ५
आजका तस्बिर- साउन ५
रमणीय ढोरपाटन ।  नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका। रङ्गीचङ्गी फूलले सजिएपछि उपत्यकामा अहिले पर्यटकको चाप छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- साउन ५
झोलुङ्गे पुल ।  कैलालीको कैलारी गाउँपालिका-४ भितरीया र वडा नं. ३ मोहनपुरको सिमानामा अवस्थित मोहना नदीमा निर्माण गरिएको झोलुङ्गे पुल। पुल निर्माणसँगै यहाँका स्थानीयलाई सहज भएको छ। तस्बिर: तिलकराज ओझा/रासस
आजका तस्बिर- साउन ५
मर्स्याङ्दी नदी र धर्मनाथधाम ।  लमजुङको राइनास नगरपालिकामा पर्ने पवित्र तीर्थस्थल धर्मनाधधाम, मर्स्याङ्दी नदी र पाउँदी बजार। यो धाम लमजुङको सुन्दरबजार र राइनास नगरपालिका, तनहुँको भानु नगरपालिकाको सिमानामा मर्स्याङ्दी नदी र पाउँदी खोलाको दोभानमा रहेको छ। तस्बिर: बिराट न्यौपाने/रासस
आजका तस्बिर- साउन ५
डुङ्गा मर्मत गर्दै ।  पोखरा-६ स्थित फेवाताल किनार, गौरीघाटमा डुङ्गा मर्मत गर्दै स्थानीय नवराज परियार। तस्बिर:जमुनावर्षा शर्मा/रासस
आजका तस्बिर- साउन ५
दिमालुङ स्मारक उद्यान ।  भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण भएको दिमालुङ स्मारक उद्यान। किराँत संस्कृतिको संरक्षण गर्दै पर्यटन क्षेत्रको विकासको लागि यहाँ उद्यान निर्माण गरिएको हो। तस्बिरः युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्