नृत्य प्रस्तुत गर्दै । उपल्लो मुस्ताङको घिलिङ गाउँमा आयोजित ‘लो छोग्योल झिग्मे मेमोरियल कप’ खेलकुद प्रतियोगिताको उद्घाटनमा स्थानीय वेशभूषामा सजिएर महिलाहरू सांस्कृतिक नृत्य प्रस्तुत गर्दै। तस्बिर: सुन्दरकुमार थकाली/रासस
बेँसीसहर बजार । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ बेँसीसहरको मुख्यबजार र आसपासको क्षेत्र। वि.सं २०२८ मा कुन्छाबाट सारेर बेँसीसहर लमजुङको सदरमुकाम कायम रहँदै आएको छ। तस्बिर: जनक श्रेष्ठ/रासस
बुकीपाटनमा चर्दै गरेका भेडाबाख्रा । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटनको शिर चार हजार हजार मिटरको उचाइमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाबाख्रा। तस्बिर: खेमराज गौतम/रासस
तालबाराही मन्दिर । पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर। तस्बिर:राधिका कँडेल/रासस
बागलुङको कानाबगर बजार । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कानाबगर बजार। एक दशक अघिसम्म विकट मानिने उक्त ठाउँ अहिले सुगम बन्दै गएको छ। तस्बिर: डम्मर बुढामगर/रासस