आजका तस्बिर- साउन १५
आजका तस्बिर- साउन १५
विदेशमा रहेका आफन्तसँग कुरा गर्दै वृद्धा ।  रुकुम पूर्वको भुमे गाउँपालिका–६ स्थित महत गाउँकी वृद्धा मोबाइलफोनमार्फत विदेशमा रहेका आफन्तसँग भिडियो कलमा कुराकानी गर्दै। प्रविधिको विकाससँगै दुर्गम बस्तीमा सञ्चार सेवा सहज बन्दै गएको छ। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- साउन १५
भेडाका बथान ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित समुद्र सतह देखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित लोदेनमा गर्मी छल्न तथा चरनका लागि लगिएका भेडाका बथान। तस्बिर: दिलकुमार लिम्बू/ रासस
आजका तस्बिर- साउन १५
सौगा हिटी सरसफाइ ।  ललितपुर पाटन दरबार क्षेत्र परिसरमा रहेको ‘सौगा हिटी’ बिहीबार सफाइ गरिँदै। तस्बिरः कमलकुमार बस्नेत/ रासस
आजका तस्बिर- साउन १५
दमौली बजार ।  ड्रोन क्यामराबाट खिचिएको तनहुँ सदरमुकाम दमौली बजार र आसपासको दृश्य। तस्बिरः सागर गिरी/ रासस
आजका तस्बिर- साउन १५
हरियाली भएको धानबाली ।  सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-११ इनरूवा नजिक खेतमा हरियाली भएको धानबाली। यस भेगमा पश्चिम नहरको सिँचाइ रहेकाले समयमा किसानले खेत रोप्न पाएका थिए । तस्बिरः अरूणकुमार यादव/ रासस
प्रतिक्रिया दिनुहोस्