आजका तस्बिर-भदौ ४
आजका तस्बिर-भदौ ४
ड्रागन टिप्दै कृषक ।  कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजाका कृषक मित्रलाल त्रिपाठी ड्रागन फल टिप्दै। समुद्री सतहदेखि एक हजार १०० फिटको उचाइमा रहेको फुर्केटारी ड्रागन एग्रो फर्ममा विभिन्न ९० प्रजातिका दुई हजार बोट रहेका छन्। अहिले दैनिक ३० देखि ५० केजी उत्पादन हुँदै आएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
आजका तस्बिर-भदौ ४
बच्चा हुर्काउँदै गरेका घुँगीफोर गरूड ।  चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरीमा बच्चा हुर्काउँदै गरेका जलचर पक्षी घुँगीफोर गरुड । स्थानीय प्रजातिका यी चराहरू पानीको छेउछाउ बस्न रुचाउने र सुकेको रुखमा गुँड बनाई बच्चा हुर्काउने गर्दछन्। हाल यहाँ १०४ वटा रूखमा ४७८ वटा गुँड देखिएको, ती रूखमा बच्चा हुर्किरहेका छन् भने केही रूखहरूमा घुँगीफोर गरूडले १० वटासम्म गुँड बनाइएको पाइएको छ। तस्बिरः सनद अधिकारी/रासस
आजका तस्बिर-भदौ ४
स्याउ टिप्दै श्रमिक ।  मुस्ताङको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि फार्ममा गाला स्याउ टिप्दै श्रमिक। तस्बिरः सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर-भदौ ४
मनाङको नाचै गाउँ ।  मनाङको नासोँ गाउँपालिका-२ स्थित रमणीय नाचै गाउँ । नासोँको अन्न भण्डारका रूपमा परिचित रहेका यस गाउँमा ४४ घरधुरी छन् भने यहाँका बासिन्दा कृषि, पशुपालनमा आवद्ध छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर-भदौ ४
नाङ्खा(गाउँ) पूजा ।  बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा मनाइने नाङ्खा (गाउँ) पूजामा सहभागी स्थानीय युवाहरू। एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ। निसेलढोर गाउँमा अनिष्ट नहोस् भनी हरेक दुई/दुई वर्षमा भदौको पहिलो साता यो पूजा गरिन्छ। पूजामा सहभागी हुने युवाहरूलाई कापै भनिन्छ। तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्