सहिद द्वार । वि.सं. २०६२/६३ को लोकतान्त्रिक संयुक्त जनआन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको सम्झनामा दाङको घोराही उपमहानगरपालिका-१५ मा निर्मित सहिद द्वार। तस्बिर: कुलदीप न्यौपाने/रासस
छुर्पी । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोलास्थित तिम्बुङ पोखरी जाने पदमार्गमा रहेको चौँरी गोठमा सुकाएर राखिएको छुर्पी। यहाँ उत्पादित छुर्पी बजारमा प्रति किलो एक हजार २०० रूपैयाँमा किनमेल हुने गर्छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
मुस्ताङको ढुक्चेगाउँ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ढुक्चेगाउँ र पृष्ठभूमिमा देखिएको कुछपतेरङ्गा गुम्बा रहेको विशाल पहाड र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस
विषादी छर्कँदै किसान । धानमा गवाँरो कीराको प्रकोप बढेपछि सुनसरीको इनरूवा नगरपालिका–२ स्थित धान खेतमा विषादी छर्कँदै किसान। तस्बिर: नवीन गड्तौला/रासस
जितिया पर्वका लागि डोरा बिक्री गरिँदै । जितिया पर्वका लागि चाहिने धागोको डोरा शनिबार जनकपुरधामको गंगासागर पोखरीको डिलमा बिक्री गर्दै व्यापारी। तस्बिरः निरञ्जनकुमार साह/रासस