आजका तस्बिर- असोज २
आजका तस्बिर- असोज २
युएई प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली, जानुअघि श्रद्धाञ्जली सभा ।  स्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार युएई जाँदैछ। बिदाइ कार्यक्रमअघि क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २
सभामुख घिमिरेले अवलोकन गरे आगजनीबाट क्षतिग्रस्त संसद भवन ।  सभामुख देवराज घिमिरेले क्षतिग्रस्त संसद भवन अवलोकन गरेका छन्। सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरसहितको टोलीले बिहीबार बिहान संसद भवनको अवलोकन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २
विश्वकर्माको मूर्ति विसर्जन ।  विश्वकर्मा पूजाको भोलिपल्ट बिहीबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। बुधबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असोज २
माछालाई चारो दिँदै ।  दाङको देउखुरीको लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई चारो दिँदै आन्तरिक पर्यटक । पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस तालमा प्राकृतिक सौन्दर्य अवलोकनसँगै माछापालन अवलोकन, मोटरबोट सवारी, पिकनिक तथा घुमफिरका लागि दैनिक दर्जनौँ आन्तरिक पर्यटक पुग्ने गर्छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २
अर्थ मन्त्रालयमा रङ्गरोगन गरिँदै ।  जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रङ्गरोगन कार्य हुँदै। तस्बिरः गोपाल दाहाल/रासस
प्रतिक्रिया दिनुहोस्