आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्न जालोले छोपिँदै । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्न जालोले छोपिँदै। तस्बिरः गोपाल दाहाल/रासस
धानबाली । सुर्खेतको वीरेन्द्रनगर-१० काँक्रेविहार , बुलबुले तथा शान्तिनगर क्षेत्रमा पाक्दै गरेको धानबाली। तस्बिर: हेमन्त केसी/रासस
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन/पृष्ठभूमिमा विशाल पर्वतीय शृङ्खला र आसपासका क्षेत्र। कागबेनी गाउँमा अवस्थित यो प्रशासकीय भवन तिब्बतीयन कलाकौशलमा निर्माण गरिएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ अन्तर्गत बाँध निर्माणस्थल। आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस