आजका तस्बिर- असोज ११
आजका तस्बिर- असोज ११
पर्यटक स्वागतको प्रतीक्षामा आमा समूह ।  विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखराबाट हवाई मार्ग हुँदै मुस्ताङ आइपुगेका विदेशी पर्यटकहरुलाई जोमसोम विमानस्थलमा स्वागत गर्न आएका पुथाङ आमा समूह। तस्बिरः सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- असोज ११
कैलाश र मानसरोवर ।  हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको लाप्चाबाट देखिएको पवित्र कैलाश पर्वत र मानसरोवर तालको दृश्य । धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने यस स्थलबाट चीनको तिब्बतस्थित कैलाश–मानसरोवर क्षेत्र आमनेसामने स्पष्ट देख्न सकिन्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज ११
दसैँमा घर लिप्दै ।  गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा घर लिप्दै स्थानीयबासी । दसैँ सुरू भएसँगै जिल्लाबासीलाई घर लिपपोत गर्न भ्याइनभ्याई भएको छ। तस्बिरः हुमाकान्त पोखरेल/रासस
आजका तस्बिर- असोज ११
माला गाँस्दै ।  दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा लोकेन्द्र रोका मगर परिवारसहित बिक्रीका लागि सयपत्री फूलको माला गाँस्दै। उनले व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन्। तस्बिरः सुशीला ओली / रासस
आजका तस्बिर- असोज ११
हिमलुङ हिमाल र पोङ्कर ग्लेसियर ।  मनाङ नासोँ गाउँपालिका– ७ भिमथाङ नजिक रहेको पोङ्कर ग्लेसियर र पृष्ठभूमिमा हिमलुङ हिमाल र पोङ्कर हिमशृङ्खला। तस्बिरः नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्