आजका तस्बिर- असोज २९
आजका तस्बिर- असोज २९
फोक्सुण्डो झरना ।  समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको डोल्पा जिल्लाको प्रसिद्ध फोक्सुण्डो तालबाट बगेको पानीबाट बनेको फोक्सुण्डो झरना। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- असोज २९
आवतजावतका लागि निर्माण गरिएको फड्के ।  केचना कन्चनजङ्घा सडक अन्तर्गत ठाडे खोलामा बाढीले समस्या बनाएपछि स्थानीयवासीलाई आवतजावत गर्न निर्माण गरिएको फड्के र खोलाबाट जोखिम मोलेरमोटरसाइकल तारिँदै । तस्बिरः टीका खतिवडा/रासस
आजका तस्बिर- असोज २९
माटोका भाँडा बनाउँदै ।  तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै स्थानीय कुमाल समुदायका ज्येष्ठ नागरिक। तस्बिर: रमेश गिरी / रासस
आजका तस्बिर- असोज २९
प्रदर्शनीमा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।  फ्लोरिकल्चर एसोसिएसन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी’मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज २९
फोक्सुण्डो तालमा चौँरी ।  डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको फोक्सुण्डो तालमा पानी खान र चिसोको लागि पुगेका चौँरीका बथान । तस्बिर ः रत्न श्रेष्ठ / रासस
प्रतिक्रिया दिनुहोस्