फलफूलको व्यापार । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि व्यावसायीले राखेका विभिन्न किसिमका फलफूल। तस्बिर: हरिराम भेटुवाल/रासस
हिमश्रृङ्खला । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित ठूलो खर्कबाट बिहीबार बिहान देखिएको हिमश्रृङ्खला। पछिल्लो समय अष्ट्रेलियन क्याम्पको नामबाट परिचित यो ठाउँ पर्यटकको रोजाइमा पर्दै गएको छ। तस्बिरः धनबहादुर गुरूङ/रासस
माटाको भाँडा खरिद बिक्री । सुनसरीको इनरूवा नगरपालिका-२ स्थित बिहीबारे हटियामा माटाको भाँडा खरिद गर्दै सर्वसाधारण। माटाको दियो दर्जनको रु २० का दरले बिक्री भइरहेको व्यापारी बताउँछन्। उनीहरूका अनुसार तिहार नजिकिएसँगै दिगोलगायत माटाको भाँडाकुँडाको व्यापार बढेको छ। तस्बिर: नवीन गड्तौला/रासस
मुस्ताङको खिङ्गा गाउँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गा गाउँ र आसपासकाे क्षेत्र। फापर काटेर बाली थन्क्याएपछि अहिले गाउँका किसान हिउँदे बाली उवा र आलु लगाउने तयारीमा छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस