आजका तस्बिर- कात्तिक १२
आजका तस्बिर- कात्तिक १२
डोल्पाको इलगाउँ ।  डोल्पाको मुड्केचुला गाउँपालिका–४ स्थित इलगाउँ। १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत उत्पादन गृहसमेत यहाँ निर्माण हुँदैछ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक १२
सिस्ने हिमाल ।  प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित स्वर्गद्वारी मन्दिर परिसरबाट बुधबार बिहान देखिएको पूर्वी रूकुमको सिस्ने हिमाल। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १२
कुहिरो ।  तनहुँको म्याग्दे गाउँपालिका–१ टाक्राङ र बच्र्याङमा देखिएको कुहिरो । चिसो मौसम सुरू भएसँगै कुहिरो र सूर्योदयको रमणीय दृश्य देखिन थालेका छन्। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १२
मौरीका घार ।  प्युठानको स्वर्गद्वारी नगरपालिका-६ स्थित बेलबास गाउँका स्थानीयले घरमा राखेको लोकल मौरीका घार। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १२
सडकको हिउँ पन्छाउँदै सशस्त्र प्रहरी ।  मनाङमा सोमबारदेखि परेको हिमपातका कारण बेसिसहर-खाङसार सडकखण्ड अन्तर्गत मनाङ ङिस्याङ-६ स्थित मनाङगाउँमा अवरूद्ध भएको सडक सञ्चालनका लागि हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बलको पर्वतीय उद्वार शिक्षालयको टोली । तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्