कालो टाउके चिल । काठमाडौं र ललितपुर जोड्ने थापाथली पुलस्थित बागमती नदीमा देखिएका कालो टाउके चिल ‘गङ्गा चिल’ । चरा संरक्षणकर्मीका अनुसार युरोप र एसियाको उत्तरी क्षेत्रमा पाइने यो चरा जाडो छल्न दक्षिण एसियाको दक्षिणी क्षेत्र लागेका बेला गत साता नेपालमा मौसम खराब हुँदा काठमाडौँ आइपुगेको आकलन गरिएको छ । तस्बिरः किरणराज विष्ट/रासस
मुस्ताङको ठिनी गाउँ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित ठिनी गाउँ र आसपासका क्षेत्र। पछिल्लो एक दशकभन्दा बढी यहाँका स्थानीयले ठिनी गाउँलाई आन्तरिक पर्यटकलाई लक्षित गरेर सामुदायिक होमस्टे ‘घरबास’ को रूपमा अगाडि बढाएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
सिङ्जेमा ताल । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ अवस्थित सिङ्जेमा ताल। यस क्षेत्र कञ्चनजङ्घा संरक्षण क्षेत्र भित्र पर्दछ। यो ताल पछिल्लो समय प्रचारप्रसार हुन थालेसँगै पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
हतुवागढीको ‘महादेवथान’ । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावाखोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेवथान’। गाउँपालिकाले पछिल्ला वर्षमा यो स्थानको संरक्षण र पूर्वाधार विकासको पहल थालेको छ । तस्बिर: युवराज विष्ट/रासस
महोत्तरीमा हुस्सु । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा आज बिहान लागेको बाक्लो हुस्सु । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस