फोक्सुण्डो ताल । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो ताल। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ। तस्बिर: लेखबहादुर बुढा/रासस
सडक निर्माण । पृथ्वीराजमार्ग अन्तर्गत पश्चिम खण्डमा पर्ने तनहुँको खैरेनीटार बजार क्षेत्रमा कालोपत्र पश्चात लोडरले सडक सम्याइँदै। पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी रहेकाे पश्चिम खण्डमा कालोपत्र थालिएको हो। जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी पूर्वी खण्डमा सडक कालोपत्र कार्य सम्पन्न भइसकेको छ। तस्बिर: सानेबहादुर नेपाली/रासस
कुलेखानी जलाशय । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)। कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको मानवनिर्मित सबैभन्दा ठूलो ताल अहिले पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ। तस्बिर: हरिराम भेटुवाल/रासस