आजका तस्बिर- मंसिर १
आजका तस्बिर- मंसिर १
महाकाली नदीको बनबसा पुल ।  नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशको सीमा नाकामा महाकाली नदी माथि बनेको बनबसा पुल (शारदा ब्यारेज)। यो पुलले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र भारतको उतराखण्डको बनबसा बजारलाई जोड्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- मंसिर १
फूलमा पुतली ।  सुनसरीको इनरूवा नगरपालिका-९ मा फूलमा बसेको पुतली (कमन मोमन बटरफ्लाई)। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- मंसिर १
फूलको रस चुस्दै चरा ।  पोखरा महानगरपालिका-१४ सेती दाेभानस्थित हाँगामा बसेर फूलको रस चुस्दै गरेको जुरेली चरा। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- मंसिर १
पहेँलपुर तोरी बाली ।  तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र। हिउँदे बालीको रूपमा रहेकाे तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर १
त्रिवि मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल ।  दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू भएको छ। त्रिवि मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्