आजका तस्बिर- मंसिर ११
आजका तस्बिर- मंसिर ११
कमला नदीको काठे पुल ।  धनुषा–सिरहा जोड्न कमला नदीमा बनाइएको काठे पुलबाट आवतजावत गर्दै सर्वसाधारण। पुलमा पैदल यात्री र साइकल यात्रीले निशुल्क तथा मोटरसाइकल यात्रीले पैसा तिरेर आवतजावत गर्न पाउँछन्। हुलाकी राजमार्गअन्तर्गतको पक्की पुल सञ्चालन अघि नै बाढीले भासिएपछि करिब १४ वर्षदेखि सर्वसाधारणले समस्या भोग्दै आएका छन्। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- मंसिर ११
पोखरी , मन्दिर र रंगीन आकाश ।  सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरीबाट बिहीबार बिहान देखिएको कल्टुपोखरी र बेष्णवी काली मन्दिर तथा सूर्याेदयको समयमा देखिएको रंगीन आकाश। तस्बिर: अरूणकुमार यादव/रासस
आजका तस्बिर- मंसिर ११
प्राकृतिक सुन्दरता ।  गुल्मीको पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट बिहीबार बिहान मिर्मिरे उज्यालोसँगै देखिएका डाँडापाखा र पृष्ठभूमिमा रंगीन आकाशको दृश्य। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- मंसिर ११
कमला नदीमा निर्माणाधीन पुल ।  धनुषा–सिरहा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा भासिएको पुल। सञ्चालनमा आउनुअघि नै नदीमा आएको बाढीले भासिएको पुल करिब १४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुल निर्माण सम्पन्न नहुँदा सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- मंसिर ११
मोटरबोट ।  सुनसरीको बराहक्षेत्र नगरपालिका -६ स्थित बोराबाँधमा पर्यटकको सहजता र आकर्षणका लागि सञ्चालनमा ल्याइएको मोटरबोट। बोराबाँधबाट शिशौलियाघाट, तेह्र आरडी, चतराघाट र श्रीलंका टापुसम्म जलमार्ग हुँदै मनोरञ्जनात्मक यात्रा गर्न सकिन्छ। तस्बिरः संगीत राई/रासस
प्रतिक्रिया दिनुहोस्