आजका तस्बिर- मंसिर १८
आजका तस्बिर- मंसिर १८
आहाराको खोजीमा परेवाका बथान ।  वीरेन्द्रनगर नगरपालिका–१० काँक्रेविहारको जङ्गल नजिकै रहेको खेतमा आहाराको खोजीमा उडिरहेको परेवाका बथान। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर १८
महादेव मन्दिर र शिवलिङ्ग ।  धनुषाको शहिदनगर नगरपालिका-६ हठिपुरस्थित मङ्गलेश्वर महादेव मन्दिर र मन्दिरमाथि निर्माण गरिएको शिवलिङ्गको प्रतिमा। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- मंसिर १८
म्याग्दीको मुदीगाउँ ।  म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित भिरालो पाखामा बाक्लो ढुङ्गेघरहरू रहेको रहेको मुदीगाउँ। मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी धौलागिरि चक्रीय पदमार्गमा समेटिएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- मंसिर १८
बादलले ढाकेको तम्घास बजार ।  गुल्मीको रेसुङ्गास्थित गर्जुरा क्षेत्रबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको सदरमुकाम तम्घास बजार। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- मंसिर १८
दाउरा बिक्री गर्न लैजाँदै दाउरे ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराबाट बिहीबार बिहान झिसमिसेमा दाउराको भारी बोकेर घोराही बजारतर्फ आउँदै गरेका दाउरे । जीविकोपार्जनका लागि करिब एक घण्टाभन्दा बढी जोखिमपूर्ण जङ्गलको ओरालो बाटो पार गरेर ल्याइएको दाउरा घोराही बजारमा करिब ६०० रुपैयाँ प्रतिभारी बिक्री हुने दाउरे बताउँछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्