आजका तस्बिर- पुस १८
आजका तस्बिर- पुस १८
पोखरा–मुग्लिन सडक कालोपत्र गरिँदै ।  पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा पर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अगाडि शुक्रबार सडक कालोपत्रे गरिँदै। तनहुँको जामुनदेखि पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा हालसम्म ७० प्रतिशत हाराहारीमा काम सकिएको छ। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- पुस १८
मुक्तिनाथस्थित रानीपौवा बजार ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ रानीपौवा बजार र आसपासका हिमशृङ्खला। तस्बिरः सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- पुस १८
भार्सेमा बौद्ध स्तुप ।  गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित भार्से देउरालीमा स्थानीयको सहयोगमा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको बौद्ध स्तुप। बौद्ध स्तुप निर्माण भएसँगै भार्सेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेको छ। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- पुस १८
दमौली बजार ।  तनहुँको व्यास नगरपालिका–१३ बेलबासबाट देखिएको दमौली बजारलगायत आसपासका दृश्य। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस १८
जलाशयमा आप्रवासी चरा ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित खौसापुर कृत्रिम जलाशय क्षेत्रमा पानीमा खेलिरहेका आप्रवासी हाँस जातका पाहुना चराहरू। चिसोयाम सुरू भएसँगै उपयुक्त तापक्रम र सुरक्षित बासस्थानको खोजीमा नेपाल तथा छिमेकी मुलुकका उच्च हिमाली भू–भागबाट बसाइँ सरेर आएका सुनजुरे हाँस, हरियो टाउके, जलेवा, चखेवा र मरूल जातका चराहरू यस क्षेत्रमा देखिन थालेका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्