आजका तस्बिर- पुस २३
आजका तस्बिर- पुस २३
पोखरी र मन्दिर ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित घनिबग्गेमा करिब एक बिगाहा क्षेत्रफलमा फैलिएको कमल पोखरी र शिवालय मन्दिर। तस्बिर: कुलदीप न्यौपाने / रासस
आजका तस्बिर- पुस २३
हिउँ परेपछि पदयात्रीलाई सकस ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस २३
विस्तारपछिको सडक ।  तनहुँको व्यास नगरपालिका–५ चापाघाट कन्टारमा विस्तारपछि देखिएकाे मुग्लिन-पोखरा सडक र आसपासको क्षेत्र । मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार भएपछि यात्रा सहज भएको छ । तस्बिर ः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- पुस २३
हटियामा बिक्री गर्न राखिएका खाद्यान्न ।  माघे सङ्क्रान्ति नजिकिँदै गर्दा महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १ स्थित हटियामा व्यापारीले बिक्री गर्न राखेको चिउरा, भूजा, तील, सख्खरलगायत खाद्यान्न। माघ १ गते घिउ, चाकु, चिउरा, भूजा, तीलको लड्डु, तरुल लगायत विभिन्न परिकार खाएर माघे सङ्क्रान्ति मनाउने चलन रहेको छ। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- पुस २३
चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी ।  बारेकोट गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी घाममा परीक्षा दिँदै । अत्यधिक चिसो बढेपछि विद्यालय परिसरको चौरमा घाममा बसेर उनीहरुले परीक्षा दिएका हुन् । तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्