आजका तस्बिर- पुस २५
आजका तस्बिर- पुस २५
कमला नदीमा पुलको पुनर्निर्माण गरिँदै ।  धनुषा–सिरहा जोड्न कमला नदीमा करिब १३ वर्षदेखि निर्माणाधीन रहेको पुलको पुनर्निर्माण कार्य गरिँदै। पुल निर्माण सम्पन्न चरणमा रहेकै बेला विसं २०७८ असारमा नदीमा आएको बाढीका कारण पुलको दुई वटा पिल्लर भासिएकोमा अहिले मर्मत कार्यलाई तीव्रता दिइएको छ। हुलाकी राजमार्गकाे मेरूदण्डकाे रूपमा रहेकाे पुल लामाे समय निर्माण सम्पन्र नहुँदा नागरिकले सास्ती भाेग्नुपरेकाे छ। तस्बिरः विष्णु नेपाल/रासस
आजका तस्बिर- पुस २५
खलङ्गा–खार सडकखण्ड स्तरोन्नति गरिँदै ।  सुदूरपश्चिम प्रदेशको गौरवको सडक योजना रहेको दार्चुलाको खलङ्गा–खार सडकखण्ड स्तरोन्नति कार्य सुरू। २४ भदौ २०७९ मा लास्कु खोलामा बाढी आएपछि रोक्किएको खलङ्गा–खार सडकखण्ड स्तरोन्नति कार्य पुन: सुरू भएको हो। आर्थिक वर्ष ०७६/०७७ मा कुल १७ करोड ४९ लाख रुपैयाँ लागतमा ठेक्का यो सडक स्तरोन्नतिको लागि ठेक्का भएको थियो। तस्बिरः नरेन्द्रसिंह कार्की/रासस
आजका तस्बिर- पुस २५
भित्तेचित्रमा उतारिँदै तारकेश्वरका धार्मिक र सांस्कृतिक सम्पदा ।  काठमाडौँको तारकेश्वर नगरपालिका–४ स्थित दगुर्नेपानी सडकको भित्तामा नगरभित्रका धार्मिकस्थल, सांस्कृतिक पर्व तथा कलाकृतिहरू प्रतिविम्बित गर्ने भित्तेचित्र कोर्दै कलाकार। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- पुस २५
म्याग्दीको मलम्पार गाउँ ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस २५
इँटाभट्टा ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा रहेको इँटाभट्टाको चिम्नीबाट निस्कँदै गरेको धुवाँको मुश्लो। इँटाभट्टा राखिएपछि बस्तीमा वायु प्रदूषणको जोखिम बढेकाे छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्