मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा मिलेन।
दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ।
स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ। प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन्।
‘केही अपवादबाहेक मन्त्रीहरूको सेट नै फेर्यौं भन्ने प्रचण्डको प्रस्ताव छ तर प्रधानमन्त्रीले त्यो मानिरहनु भएको छैन,’ नेकपा स्रोतले सेतोपाटीसँग भन्यो,‘उहाँहरूबीच फेरि भोलि पनि छलफल हुन्छ होला।’
दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रीमण्डल पुनर्गठन पनि केही दिन पर धकेलिने भएको छ।
यसअघि ओलीनिकट नेताहरूले एक-दुई दिनमै मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए।
यो पनि पढ्नुस्:
वामदेवबारे नेकपामा फेरि किचलो, मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ