बागमती प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन्।
प्रदेशसभामा शुक्रबार भएको मतदानमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख निर्वाचित भएका हुन्।
उनले ६२ मत प्राप्त गरेको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बताए।
नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत मात्रै ल्याएका थिए।
नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार सिर्जना सैजुले ३ मत प्राप्त गरेकी छन्।
बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित थिए।
सभामुख निर्वाचित भएका पाठकलाई सत्ता गठबन्धनका सांसदहरूको समर्थन थियो। राप्रपाले बागमतीको मुख्यमन्त्रीमा दाबी गरे पनि सत्ता साझेदार दलको बैठकमा सभामुख लिने सहमति भएको थियो।